पूर्वाञ्चल खबर
सर्चका क्रममा दुई थान मोबाइल, आठ वटा फलामे रड र १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको सर्चमा मोबाइल मनिष विक बस्ने कोठाबाट, रड छेउको कोठाबाट र नगद ब्लकभित्र सञ्चालित किराना पसलबाट बरामद भएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बरामद नगदको स्रोत तथा प्रयोजनबारे अनुसन्धान भइरहेको बताए। कारागारभित्र लामो समयदेखि केही कैदीबन्दीको प्रभाव रहेको र सहज रूपमा सर्च गर्नसमेत कठिनाइ हुने गरेको प्रहरीको भनाइ थियो।
भदौ १९ र २१ गते गरी दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। त्यसपछि पहिलोपटक ‘बी’ ब्लकमा सहज रूपमा सर्च गरिएको हो।