AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किड कलेजले गर्यो ८५० विद्यार्थीलाई बिदाइ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०८३, सोमबार १७:५२
378
Shares
विराटनगर / विराटनगरस्थित अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहबीच बिदाइ गरेको छ। कलेजले सोमबार १७ औँ ब्याचका ८५० विद्यार्थीहरूलाई बिदाइ गरेको हो।

बिदाइ हुनेहरूमा विज्ञान संकायका २५० र व्यवस्थापन (म्यानेजमेन्ट) संकायका ६०० विद्यार्थी रहेका छन्। कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीहरूलाई कडा मिहिनेत र लगनशील भएर अध्ययन गर्न सुझाव दिए। उनले मिहिनेतले नै सफलताको शिखरमा पुर्‍याउने बताउँदै अर्किड कलेजले सधैँ गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गरे। प्रिन्सिपल भट्टराईले विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना समेत व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकाल र पूर्व प्रिन्सिपल दिपेश बास्तोलाले पनि विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्दै अघि बढ्न प्रेरणा दिँदै शुभकामना दिएका थिए।
कक्षा १२ का विद्यार्थी सरोज पौडेलले अर्किड कलेजमा बिताएका समय स्मरणीय रहेको र यहाँ सिकेको ज्ञान तथा अनुशासन आगामी शैक्षिक यात्राका लागि मार्गदर्शक हुने बताए।

बिदाइ कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। विद्यार्थीहरूको कला र प्रतिभाले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर