खबर पूर्वाञ्चल
दुई महिना अगाडि विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्रफिक चौंकसम्म र व्यस्त रहने भित्री सडकमा नो पार्किङको निर्णय गरेको थियो । पार्किङका लागि बैकल्पिक व्यवस्था गरेर मुख्य बजारमा नो पार्किङ लागु गरिएको मेयर नागेश कोइरालाले बताए । तर व्यापारीले आफ्नो व्यापार घटेको भन्दै सडकमा नै पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले महानगरपालिकाले व्यवस्थित रुपमा पार्किङको व्यवस्था मिलाइदिनुपर्ने बताएका छन् ।
पार्किङ निषेधको निर्णयको व्यापारीले अवज्ञा पनि गरेका छन् । व्यापारीले पार्किङ निषेधलाई अवज्ञा गरेपछि महानगरले सडक किनारमा राखेका सवारीलाई लक गरेर राखेको छ ।
पार्किङ निषेधित अभियानमा महानगरपालिका कठोर बनेपछि व्यापारीले प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया