पूर्वाञ्चल खबर

विराटनरका सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । आज उद्दार गरिएकाहरुलाई विराटनगर १० मा रहेको मानव सेवा आश्रममा लगिएको छ । यसभन्दा अगाडी विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ । आज एकै पटक ठूलो समूहमा सडक पेटीमा बस्दै आएकाहरुको उद्दार गरेको हो ।
लागुऔषध प्रयोगकर्ता र घरबार विहिन भएर बेसहारा जीवन बिताइरहेकाहरुको पहिचान सहित बस्ने स्थान समेत छनौट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकाहरुलाई सुधार गृहमा लगिएको छ । आज उद्दार गरिएका २ जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।
उद्दारका क्रममा भेटिएका मेयर पराजुलीले बेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत व्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताए । महानगरले बेसहारा मानिसहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसंग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको छ ।