animated ellipse animated ellipse

महानगरको डुबान क्षेत्रमा न्यूनीकरणमा ध्यान छैन, मोटर बोटमा करिव १० लाख खर्च

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८१, बुधबार १७:४९
171
Shares
विराटनगर / कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर सामान्य वर्षामै जलमग्न हुने गर्छ ।

विराटनगरमा पानीको निकासका लागि उचित व्यवस्थापन नहुँदा सामान्य वर्षामै डुबान हुने गरेको छ । झन् निरन्तर वर्षा हुँदा त विराटनगरका अधिकांश स्थान डुबानमा पर्छन् ।

सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा नागरिकले समस्या भोगिरहेका छन् । तर, विराटनगर महानगरपालिकाले पानीको उचित निकासको उपाय अपनाउन छाडेर लाखौँ खर्च गरेर मोटर बोट खरिद गरेको छ ।

महानगरले बाढी र डुबानमा फसेका नागरिकहरूको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भन्दै ९ लाख ७५ हजार रुपैयाँमा मोटर बोट खरिद गरेको हो । महानगरले मोटर बोटको परीक्षणसमेत गरिसकेको छ ।

परीक्षणका क्रममा विराटनगरका मेयर नागेश कोइरालाले मोटर बोटले वर्षाको समयमा बाढी र डुबानबाट प्रभावित नागरिकको उद्धारमा ठुलो भूमिका खेल्ने बताए पनि महानगरले विराटनगरमा हुने डुबानको समस्या समाधान गर्न कुनै पहलकदमी चालेको देखिँदैन ।

सिंघिया र केशलिया खोलामा आएको बाढीले बर्सेनि विराटनगरमा जनतालाई दुख दिइरहेको छ । खोलामा बलियो तटबन्ध र ढल निकासको प्रभावकारी व्यवस्थापन नहुँदा विराटनगरमा डुबान हुने गर्छ ।

विराटनगरका एक जना स्थानीय भन्छन्, ‘विराटनगरका बजारी क्षेत्रमा सानो पर्नसाथ डुबान हुन्छ । तर, यसमा महानगरले कुनै चासो देखाएको छैन । बरु मोटर बोट किन्ने पैसाले राम्रोसँग खोलाको बाँध लगाएको भए त्यो प्रभावकारी हुने थियो ।’ महानगरले सस्तो लोकप्रियताका लागि यस्तो काम गरेको उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर