खबर पूर्वाञ्चल
कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित भएका हुन् ।
२०७९ साल कार्तिक २० गतेदेखि सञ्चालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औँ समुहको आधारभूत तालिम पश्चात प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका सह– समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराए ।
दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफद ग्रहण गराए । प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिआइजी बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरे ।
दिक्षान्त समारोहमा बोल्दै डिआइजी बास्तोलाले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दिर्नेशन दिए ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्दै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको बताए । अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको हुँदा समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न उनले निर्देशन दिए ।