AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रहरी तालिम केन्द्रको ५५ औ बार्षीकोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ मंसिर २०७७, आईतवार १५:५२
333
Shares
विराटनगर / प्रदेश १ प्रहरी तालीम केन्द्र विराटनगरले बिविध कार्यक्रमको आयोजना गरि ५५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागी प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको बताए ।
योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने उनले बताए ।

समयको समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाढी बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरुदेखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिए ।

उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालीम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिए ।
वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले “अग्रजहरुलाई सम्झी रहनु पर्दैन, केवल ब्यवसायीक योगदानहरुलाई नबिर्सीदिए पुग्छ” भन्ने बाक्यांशलाई हृदयंगम गर्दै बिगतमा बिशिष्ट योगदान र्पुयाउनु हुने पुर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरिएको छ । उनीलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले सम्मान पत्रले सम्मान गरे ।

यसैगरी प्रहरी नायव महानिरीक्षक कार्कीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन, हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा विजेतालाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरे ।

तालिम केन्द्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी नायव उपरीक्षक विनोद शर्मा, प्रहरी निरीक्षक भीमबहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मीप्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बिक, प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश मालीलाई पुरस्कृत गरे ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक विनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर