AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मन्त्री कार्कीद्वारा क्रान्ति योध्दा स्व. मानध्वजको सालिक अनावरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७८, बिहीबार १८:५३
225
Shares
भोजपुर / भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्ति योध्दा स्व. मानध्वज राई (फुइकी बाजे)को सालिक अनावरण गरिएको छ । आज एक कार्यक्रमका विच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सालिकको अनावरण गरेका हुन्।

सालिकको अनावरण गर्दै मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्व. राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताए । राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बिपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्व.राई लागेको उनले स्मरण गरे ।

अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उहाँले ऐतिहासिक पात्रहरूको सालिकले केवल प्रतिमा मात्र नभएर ऐतिहासिक तथ्यको झझल्को दिने बताउनुभयो ।स्व। राई जिल्लामा नयाँ नयाँ कृषि तथा फलफूलका बोटबिरुवा ल्याउने व्यक्तिका रूपमा चिनिने भएकाले कृषि क्रान्तिका अभियन्ता पनि भनेर चिनिनुहुन्छ । राईको निधन २०३० सालमा भएको थियो ।

मन्त्री कार्कीले सालिक सँगै निमाण गरिएको जोडी जरायोको प्रतिमाको पनि उद्घाटन गर्नुभयो । जरायोटार प्रदेश एकको बिचको भूभाग रहेको उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले यसको विकाशका लागि नवीन ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले आफ्नो पालिकाले जनतालाई घर घरमा सरकार आएको महसुस हुने गरी काम गरेको बताए। वक्ताहरूले स्व.राईले जस्तो योगदान पुर्याएकालाई यसैगरि सम्मान गरेर चिनारी दिनुपर्ने बताएका छन् ।

मन्त्री कार्कीले वडा नं ६ मै २० रोपनी जग्गामा निर्माणाधीन खेल मैदानको पनि अवलोकन गरे । मैदानको अवलोक
न गर्दै उनले मैदान निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर