AArya
animated ellipse animated ellipse

विराटनगरमा २२ जनासहित प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या नौ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ श्रावण २०७७, आईतवार १५:२१
3
Shares
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा २२ सहित प्रदेश १ मा आज थप ३१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

विराटनगरबाहेक इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १९ जना प्रहरी र ३ सर्वसाधारणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको हो । एक महिलासहित १९ जना प्रहरी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत हुन् । यस अघि प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजै विराटनगर ३ का २ जना र ठेगाना स्पष्ट नखुलेका एकजनामा संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

प्रदेश १ मा आजै १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर