खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण पछि उनमा संक्रमण भएको पत्ता लागेको थियो । संक्रमित युवती केही दिन अघि भारतबाट आएकी हुन् र उनी विराटनगर महानगरको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।
कोरोना रिपोर्ट पोजेटिभ आए संगै ती युवतीलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पठाएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । भारतबाट आउने महानगरवासीहरुलाई थप निगरानीका साथ क्वारेन्टाइनमा राखिएको साथै परिक्षणलाई प्रभावकारीरुपमा सञ्चालन गरिदै आएको मेयर पराजुलीले बताए ।