मोरङ व्यापार संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै लेभलिङ कार्यान्वय गर्ने विषय पूर्ण अव्यवहारिक भएको र त्यसले व्यापार व्यवसायमा हानी पु¥याउने भन्दै त्यो कार्यान्यन नर्गन आग्रह गरेको हो ।
भन्सार विभागले असार २२ गते मा जारी गरेको विभिन्न वस्तहरुमा लेभल लगाउने सम्वन्धी सुचनाका कारण व्यावसायहरुमा माझ अन्यौलको अवस्था सृजना भएको पत्रकार सम्मेलनमा जारी प्रेष विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
विज्ञेप्तीमा भनिएको छ साउन १ गतेदेखि लेभलिङ कार्यान्वयनमा ल्याउने भनी विभागको सुचनाले आयात तथा आन्तरिक व्यापारनै नराम्ररी प्रभावित हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ । यसर्थ लेवलिङ सम्वन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था तथा निर्देशिका जारी नभएसम्मका लागि लेभलिङ प्रक्रिया अघि नवढाउन व्यापारसंघले आग्रह गरेको छ ।
संघका अध्यक्ष नविन रिजालले कुन वस्तुमा कस्तो प्रकारको लेभलिङ गर्ने र कुनमा लेभलिङ नगर्ने विषयमा राज्यले स्पष्ट निती वनाउनु आवश्यक रहेको वताए । विश्व वैंकलाई आधार मानेर सवै वस्तुमा लेभलिङ गर्ने प्रक्रिया अघि वढाउदै जान नहुने बताउँदै लेभलिङको निश्चित आधार तोकेर वस्तुको साइजको आधार लेभलिङ गर्ने कार्य गर्नुपर्ने वताए ।
आगामी सात दिन भित्र विभागले लेभलिङ लगाउने विषयमा जारी सुचनामा पुर्न विचार नभए अफुहरु भन्सार नाकामा धर्ना दिन वाध्य हुने भन्दै त्यस्तो अवस्था आउन नदिन उनले आग्रह गरे । सरकार संग निजीक्षेत्र सहकार्य र समन्वयगर्दै अघि वढन तयार रहेको भन्दै आन्दोलनमा उत्रने चाहना आपुहरुको नरहेको बताए । लेभलिङ सम्वन्धी स्पष्ठ प्रावधान र नितिगत व्यवस्था र निर्देशिका आवश्यक रहेको उनको भनाई छ ।
संघका निवर्तमान अध्यक्ष प्रकाश मुंदडाले सरकारले ल्याउने कतिपए गलत र अव्यभारिक नितिका कारण उधोगी व्यवावसायीले सहज रुपमा काम गर्न नसकेको बताए । लेभलिङ सम्वन्धी नितीलाई सरकारले सच्याउनुपर्ने वताए । उनले यस्ता विषयलाई सच्याउदै लगानीको वतावरण सृजना गर्न समेत आग्रह गरे ।
तपाईको प्रतिक्रिया