RUMPUM
animated ellipse animated ellipse

कार्यालय प्रमुख खनालमाथि तस्करको हातपात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७८, मंगलवार २०:३१
414
Shares
विराटनगर /राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालमाथि सनुसरीमा लाइन चलाउने तस्करको नाइके सन्तोष यादवले हातपात गरेका छन् ।
कार्यालय प्रमुख खनालको कार्यकक्षमा आज विहान ९ बजे यादवले हातपात गरेका हुन् ।

खाद्यबस्तु, चिनी र सूर्ती भारतदेखि तस्करी गरि नेपाल ल्याउने यादवले सशस्त्र प्रहरीका सही गणेश खड्काको निर्देशनमा कार्यालय प्रमुख खनाललाई हातपात गर्न आएको राजस्व अनुसन्धानको प्रमुख खनालले बताए । सही खडका सशस्त्र प्रहरी सुनसरीको सादा पोशकका प्रहरी हुन् । खड्का १ नम्बर बराहा बाहेनी मुख्यलाय सुनसरीमा कार्यरत छन् । उनी सशस्त्र प्रहरी प्रदेश १ नं. का डिआइजी कमल गिरीका सादा पोशकका ‘घुमुवा’ प्रहरी रहेको बुझिएको छ ।

सही खड्काको योजनामा योजना अनुसार हातपात गर्न आएको अनुसन्धानको प्रमख खनालले बताए । अहिले सुनसरीमा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको छ । सही खड्काको सनुसरीको विभिन्न नाका ठेक्का लिएर लाइन चलाउने गरेको सुरक्षा स्रोतको भनाई छ । अहिले सुनसरीको हुक्सी, श्रीपुर, लाही, साहेबगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट तस्करी हुदै आएको छ । सोही नाकादेखि हुदै आएको चोरी तस्करी रोक्न खोज्दा कार्यालय प्रमुख खनालमाथि आक्रमण गर्न सशस्त्र प्रहरीको आढमा तस्कर आएका हुन् ।

तस्करीको सामान राजस्व अनुसन्धान कार्यालयले छापा हानेर समात्ने गरेको छ । भारतदेखि नेपाल तिर हुने अवैध चोरी तस्करी रोक्न खोज्दा सोहीे विषयलाई लिएर क्यारिङमार्फत तस्करी गर्ने यादवले सशस्त्र प्रहरीका सही खड्काको आडमा हातपात गर्न आएको उनले बताए । कार्यालय परिसरभित्र यादवले हातपात गर्दा कार्यालय प्रमुख खनालको हातमा चोट लागेको छ । हातपातको विषयमा जानकारी लिन खोज्न सही खड्काले मावाइल अफ गरेका छन् ।

यता सशस्त्र प्रहरी प्रदेश १ नं. का डिआइजी कमल गिरी यस विषयमा आफुलाई केही जानकारी नभएको बताए । ‘सही खड्का ४ नम्बर गणमा कार्यरत छन्,’ उनले भने, ‘कार्यालय प्रमुख माथि हातपात भएको विषयमा आफुलाई केही जानकारी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर