animated ellipse animated ellipse

सुन तस्करी एवं सनम हत्या प्रकरणमा १८ प्रतिवादीको पक्षमा बहस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७८, शुक्रबार १८:५१
1.48k
Shares
विराटनगर / ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा आज १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवासायीले बहस गरे । अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए । उनका अनुसार १८ प्रतिवादीका पक्षमा १३ जना कानुन व्यवासायीले बहस गर्नु भएको हो ।

प्रतिवादीहरु नेपाल प्रहरीका एसपी विकाराज खनाल, सुन व्यापारी आके भनिने राजेन्द्रकुमार शाक्य, चेतन भनिने चेतनाथ भण्डारी, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, पुन्यप्रसाद लामा, हरिशरण खड्का, सम्वीरप्रसाद तोलांगेको पक्षमा बहस भएको छ । त्यस्तै अम्बरबहादुर थापामगर, विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, राजकुमार दारुका, इम्तियाज मुस्लिम, विमल पोद्धार, बेनु श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको प्रतिरक्षामा पनि बहस भएको श्रेस्तेदार राणाले बताए ।

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो । मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा गत आइतबारदेखि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर