animated ellipse animated ellipse

अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर छ : मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७९, बिहीबार १८:२३
189
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर रहेको बताउनु भएको छ ।

विराटनगरस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलसित सहकार्य गर्न महानगर तयार रहेको समेत उल्लेख गरे । उनले अटिजम भएका बालबालिकाहरुको तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै अनमोल एजुकेशनलले अटिजम भएका बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताइन् । अनमोलले थेरापीलगायतका माध्यमबाट अटिजम भएका बालबालिकाहरुको उपचार गर्दै आएको आयोजक संस्थाकी निर्देशक अर्चना रिमालले बताइन् । जन्मेको १८ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई अटिजम हुने गरेको छ ।

अहिलेसम्म अटिजम हुनुको कारण पत्ता नलागे पनि मुख्य गरी खानपान र वातावरणका कारण हुनसक्ने संस्थापक प्रिन्सिपल संगीता न्यौपानेले जानकारी दिनुभयो । अनमोलमा हालसम्म १२५ जनाले लाभ लिइसकेका छन् । हाल ५० जनाभन्दा बढीलाई अनमोलले सेवा दिइरहेको छ । न्यौपानेका अनुसार २० जना सामान्य विद्यालयमा अध्ययन गर्न पठाइसकिएको छ ।

डा. हेमसागर रिमालले अटिजम भएका बालबालिकाको उपचारका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले महानगरपालिकासित सहकार्य गरेर उनीहरुको उपचारसहित रेखदेख र संरक्षणका लागि छुट्टै विद्यालय खोल्न सकिने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर