AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्तागठबन्धनले महिलालाई बाईपास गरेको भन्दै महिला संघकोे विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७९, आईतवार १०:२४
603
Shares
विराटनगर / बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकोे उम्मेदवारमा सत्तागठबन्धनले महिलालाई बाईपास गरेको भन्दै महिला संघले नाराबाजीसहित दवाव दिएका छन् ।

प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले आज विहान विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै नाराबाजीसहित दवाव दिएका हुन्् ।

प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थिए । गठबन्धनका नाममा महिलालाई बाईपास गर्न नहुने उनीहरुको माग थियो । सभापति थापालाई भेटेका महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । महिला संघलाई सम्बोधन गर्दै प्रदेश प्रदेश सभापति थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने जिकिर गरेका छन् ।

सत्तागठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्काे पार्टीलाई दिइएकाले दुवै पार्टीबाट पुरुष सिफारिस हुने स्थिति आएको महिला संघको बुझाई छ । त्यसलाई हटाउन महिला अनिवार्य हुनुपर्ने शर्त कायम गराउन दवाव दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर