animated ellipse animated ellipse

एस्पायर कलेजका विद्यार्थीको नयाँ वर्ष बाल आश्रमका बालबालिकासँग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०८०, शुक्रबार १७:३५
63
Shares
विराटनगर/ विराटनगरको एस्पायर कलेजका विद्यार्थीहरुले नयाँ वर्ष २०८१ पूर्वाञ्चलबाल सेवा आश्रमका बालबालिकाहरुसँग विभिन्न कार्यक्रम गरि मनाएका छन् ।

“नयाँ वर्ष बालबालिकासँग”भन्ने नारा सहितआयोजना गरिएको कार्यक्रममा आश्रमका ७२ बालबालिका समेत गरि १ सय जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

एस्पायर कलेजमा बिपिएच दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी आयुषा खड्काको नेतृत्वमा आयोजना गरिएको हो । नयाँ वर्ष मनाउने हेतु विद्यार्थीले आफैं रकम सकंलन गरेर सम्पुर्ण कुराको आफै व्यवस्थापन गरेर , आफैले भोजन तयार गरेर सबैजना सगैं बसेर भोजन गरे । विभिन्न साँस्कृतिक कार्यक्रम मञ्चन गरेर बालबालिकालाई रमाईलो गराए । आश्रमका बालबालिकाको समेत कार्यक्रममा प्रस्तुती रहयो ।

विभिन्न खालका खेलकुदको आयोजनाले कार्यक्रमलाई थप रोमाञ्चक बनायो । भोजन व्यवस्थापनको नेतृत्व कलेजकी विद्यार्थी प्रजिना श्रेष्ठ, सेवातर्फ एलिसा बुढाथोकी, खेलकुद र मनोरञ्जन तर्फ एलिसा चौधरी र मिडिया तर्फका नेतृत्व यश प्रधानले गरेका थिए ।

कार्यक्रममा बोल्दै एस्पायर कलेजका प्रिन्सिपल सि.एम.बस्नेतले समाजसँग विश्वविद्यालय जोड्ने र विद्यार्थीहरुलाई सामाजीक दायित्व बोध गराउन यो कार्यक्रमको आयोजना गरेको बताए । आश्रमका संरक्षक बालमुकुन्द पोखरेलले कलेजले गरेको यस्तो कार्यक्रमले थप उर्जा प्रदान गरेको बताए । आश्रमका बालबालिकासँग नयाँ वर्ष मनाउनआएकोमा खुशी हुँदै संरक्षक पोखरेलले “यस्तो पवित्र शिक्षा प्रदान गर्ने गुरुहरुलाई सम्मान गर्नुपर्छ“ बताए ।

काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा वि.पि.एच र वि.टेक.आई. टी. कार्यक्रम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर