RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५ सय ९५ कोरोना संक्रमित डिस्चार्ज, थपिए ४ सय १ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७७, बिहीबार १८:५६
522
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ ।

प्रदेश १ मा आज ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३४, झापामा १ सय १८, सुनसरीमा १ सय २, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहवीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १,संखुवासभाको धर्मदेवी र मादीमा १–१, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८ सय २ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर