animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ४ जना पुरुषको मृत्यु, मृतकको संख्यो ७१ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७७, बुधबार १५:०५
711
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ४ जना पुरुषको मृत्यु भएको छ । सुनसरीका २, मोरङका र प्रदेश २ को सप्तरीका १–१ पुरुषको मृत्यु भएको हो ।

प्रदेश १ मा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । जसमध्ये १४ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ५७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरी र हरीनगरको संक्रमितको मृत्यस भएको छ । हरिनगर २ का ५० वर्षीय कोरोना संक्रमित पुरुषकोे विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारको क्रममा आज विहान मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । फोक्सो वार्डमा भर्ना गरि उपचारको क्रममा उनमा सोमबार कोरोना पुष्टि भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

कोरोना देखिएपछि ती पुरुषलाई नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

सप्तरीको राजविराज–४ का ३९ वर्षीय कोरोना संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहान ३ः१० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरको गोल्डेन अस्पतालबाट थप उपचारका लागि रेफर गरिएका संक्रमितको उपचारको क्रममा मृत्यु भएको बताए । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएका उनलाई असोज ९ गते कोरोना पुष्टि भएको थियो ।

उनको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको ।

डा. सापकोटाका अनुसार १० वर्षदेखि मधुमेहको समस्या रहेका उनले मृगौलाको नियमित डाइलासिस पनि गराउँदै आएका थिए । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धको आज अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।

वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको पछि मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।

मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा आज विहान ४ बजे मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार असोज ४ गते अस्पतालमा भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याएको थियो ।

एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

ती पुरुषलाई बचाउन रेमडिसिभर औषधि पनि चलाइएको डा.सिग्देलले जानकारी दिए । तर, सफल हुन नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर