animated ellipse animated ellipse

जनप्रतिनिधिको मोडल सेवक बन्न मेरो उम्मेदवारी ः पर्शुराम बस्नेत बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७९, बुधबार ०८:१७
99
Shares
विराटनगर / मोरङ क्षेत्र नं ६ (२)का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफु बन्ने बताएका छन् ।

आफ्नो क्षेत्रका मतदाताको समस्या बुझ्ने अभियानमा रहेका बस्नेतसँग सञ्चारकर्मीले गरेको अन्तक्रियामा उनले विराटनगरबाट प्रतिनिधित्व गर्दै तीनजना प्रधानमन्त्री भएपनि यस क्षेत्रको हुनुपर्ने जति विकास नभएकाले आफु जनप्रतिनिधिको मोडल बन्ने बताएका हुन् ।

उनले भने ‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबै भन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सास्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसाबले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’ उनले थपे ‘सबैको केन्द्र हुँदा पनि यहाँ विकास भनेजति नभएकाले त्यसका लागि नयाँ जेनेरेशनको जनप्रतिनिधि चाहिएको छ । युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक हैन सेवक भएर देखाउने छु ।’

बस्नेतले आफुलाई यस क्षेत्रका समस्या आफैंले झेलेको बताए । उनले भने‘ म पनि हरेक वर्ष बाढीको समस्या भेल्दै आएको छु, बाढीले हरेक वर्ष नगरबासीहरु डुब्नुु परेको छ ।’ उनले बाढी, वेरोजगारीलगायतका यहाँका मुख्य समस्या रहेको भन्दै आफु जनप्रतिनिधि भए ती समस्या समाधानका लागि गुरुयोजना बनाएर त्यसको समाधान गर्ने बताए ।

उनी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्की जो वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् उनीसँग मुख्य प्रतिस्पर्धामा छन् । काग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र विपि काग्रेसका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर