खबर पूर्वाञ्चल
धरान उपमहानगरपालिका –८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस आज दिउँसो विराटनगर महानगरपालिका – १२ मंगलबारेमा भेटिएको हो । शुक्रबार विहानको राती चोरिएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा विराटनगरमा भेटिएको हो । बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।
धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको थियो । मंगलबार मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।