मेरिल्याण्ड कलेजी छात्रा दिया अग्रवाल नेपाल प्रथम

खबर पूर्वाञ्चल, १८ भाद्र २०७९, शनिबार १७:३१
1.85k
Shares
विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२ को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा अग्रवाल नेपाल प्रथम भएकी हुन् ।

उनले देशभरिकै कलेजका विद्यार्थीहरूलाई पछि पार्दै ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ ।
अग्रवाल पढाइमा एकदमै लगनशिल भएको कारणले अहिले आएर सफलता प्राप्त मिलेको अंग्रजी शिक्षक ईश्वर दाहाल बताए । भविष्यमा सिए पढ्ने इच्छा राखेकी दियाले बताइन् । छोरीको उपलब्धिप्रति आमा बुबाले निकै खुसी व्यक्त गरेका छन् । यसै गरी २०७५ सालमा पनि कलेजकी छात्रा द्वय पूजा शाह र निशा पोख्रेल समान ३.९२ जिपिए ल्याई मेरिल्याण्ड नेपाल प्रथम भएको थियो ।

व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाउन सफल मेरिल्याण्ड कलेज पूर्वकै अग्रणी शैक्षिक संस्थामा पर्दछ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड कलेजले हरेक वर्षको नीतिमा विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५