AArya
animated ellipse animated ellipse

प्रदेश १ मा आज थपिए १ सय ८८ कोरोना संक्रमित, सवैभन्दा बढी मोरङमा ८३

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७८, मंगलवार १८:०२
603
Shares
विराटनगर / प्रदेश १ मा आज १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा सवैभन्दा बढी मोरङमा ८३ जनामा संक्रमण देसिएको छ ।

मोरङ पछि दोस्रोमा मोरङको छिमेकी जिल्ला सुनसरीमा ४० जना संक्रामत भएका छन् । त्यस्तै झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीयतहनखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीयतहनखुलेका १–१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापागाउँपालिकामा १–१, धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, उदयपुरको उदयपुरगढी र स्थानीयतहनखुलेका २–२, इलामको इलामनगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८ सय ३४ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ९ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७१ महिला र १ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर