अदालत परिसरभित्रै सवारी दुर्घटनामा एक महिलाको मृत्यु

खबर पूर्वाञ्चल, २२ भाद्र २०७८, मंगलवार १९:२५

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरभित्रै कारको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

आज साँझ न्यायाधीश इश्वर पराजुली चढ्ने कारको ठक्करबाट अदालतभित्रै क्यान्टिन सञ्चालन गर्ने ४५ वर्षकी लक्ष्मी दाहालको मृत्यु भएको हो ।

दाहाललाई चिया पुर्‍याउन निस्कदै गर्दा बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट घाइते दाहालको कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटना भएका बेला न्यायाधिश कार्की भने कारमा नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५