अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ

खबर पूर्वाञ्चल, ३ असार २०७८, बिहीबार १६:४८

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकामा अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरी अटोमेटिक मेड इन युएसए लेखिएको पेस्तोल १ थान र ५ राउण्ड गोलीसहित पक्राउ परेका हुन् । चौधरीलाई मोतिगढा स्थित उनकै घरमा हतियार लुकाई राखेको बिशेष सुचनाको आधारमा गए राती जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अवैध पेस्तोल तथा गोलीसहित अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थानसमेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उदयपुर प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५