खबर पूर्वाञ्चल
कक्षा ३, ४ र ५ बीचभएको खेलमा गण्डकी हाउस बिजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा पाँचका आरवीक कार्कीले २ गोल र सक्षम पाण्डले १ गोल गरेकाथिए । खेलको म्यानअफम्याचआरवीककार्की घोषित भए ।
सोहीदिन सम्पन्न भएको कक्षा ६ र ७ बिच भएको फाइनल खेलमा मेची हाउस बिजेता भयो । मेची हाउसले गण्डकी हाउसलाई ५–१ को फराकिलो अन्तरले पराजित गरि मेची हाउसले उपाधि जितेको हो । यस खेलको म्यान अफ द म्याच कक्षा सातका विज्ञान सेडाई घोषित भए ।
सोही दिन सम्पन्न भएको अन्तिम फाइनल खेल कक्षा ८ र ९ बिच भएको प्रतियोगितामा गण्डकी हाउस बिजेता भयो । गण्डकी हाउसले मेची हाउसलाई २–० अन्तरले पराजित गर्दै गण्डकी हाउस बिजेता भयो । गण्डकीका दुवै गोल कक्षा ९ का संस्कार घिमिरे घोषित भए ।
म्यानअफ द म्याचपनि संस्कार भए । खेलको उत्कृष्ट हुने खेलाडी कक्षा ८ का टिम क्याप्टेनसमेत रहेका शंसाक श्रेष्ठ घोषित भए ।
विजेताहुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले ट्रफि तथा मेडलहरु वितरण गरे ।
तपाईको प्रतिक्रिया