AArya
RUMPUM
animated ellipse animated ellipse

एकै परिवारका तीन जनाको शव धनकुटामा फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०८०, बिहीबार १३:१३
333
Shares
विराटनगर /धनकुटा नगरपािलका १ निगालेमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । उक्त परविारको ६ वर्षकी एक छोरी भने सकुशल छिन् ।

३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष भने मृत फेला परेका हुन् । ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको स्थानीयले बताएका छन् ।

उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् । प्रहरीले भने टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जनाएको छ । श्रीमान् श्रीमतीबीचको झगडाका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर