RUMPUM
animated ellipse animated ellipse

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०८०, सोमबार १८:००
324
Shares
झापा / झापाको भद्रपुर नगरपालिका ४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका २ का ३५ बर्षीय जफिर आलम, भारत विहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् ।

आज विहान उनीहरुले मे ११ प ४३०७ नम्बरको मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल विर्तामोड नगरपालिका ४ मेघावारीबाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर