वायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी

खबर पूर्वाञ्चल, २० बैशाख २०७८, सोमबार १६:३५

झापा / झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको वायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ ।

आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिलेसम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री सञ्चालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हालसम्म मानविय क्षति नभएको झापा प्रहरीले जनाएको छ ।

फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५