विमान दुर्घटनाको शोकमा आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

खबर पूर्वाञ्चल, २ माघ २०७९, सोमबार ०८:४८
90
Shares

विराटनगर / पोखरामा हिजो भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सरकारले शोक बिदा दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ । हिजो बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको एटीआर ७२ विमान विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।

घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५