RUMPUM
animated ellipse animated ellipse

मोरङमा ६२ सहित प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमित पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० श्रावण २०७७, शुक्रबार १८:५८
909
Shares
विराटनगर / मोरङमा ६२ सहित प्रदेश १ मा आज थप ९५ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । मोरङ बाहेक सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।
प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज भएकाहरु भ्mापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु
आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर