AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बितेको २४ घण्टामा मुलुकभर ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७७, शनिबार १९:३५
432
Shares
विराटनगर / बितेको २४ घण्टामा मुलुकभर ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

मुलुकभरका प्रयोगशालामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । ७४ हजार २ सय ५२ जन संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । १७ हजार १ सय ६४ जना होम र १३ हजार ६ सय ५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३ सय २१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा २ हजार १ सय ६४ जना, प्रदेश २ मा ५ सय ७९ जना, बागमती प्रदेशमा ११ हजार २ सय ६ जना, गण्डकी प्रदेशमा ५ सय ८० जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४ जना, कर्णाली प्रदेशमा ४ सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन्। यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६ सय १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर