RUMPUM
animated ellipse animated ellipse

क्यान्सरबाट पिडित विद्यार्थीलाई सोम्स कलेजको सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७९, शुक्रबार १३:३१
162
Shares
विराटनगर / त्रिभूवन विश्वविधालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थीक सहयोग गरेको छ।

छात्र सुमन खवास विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पिडित थिए ।विविएस दोस्रो बर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताईन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरि अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन ।

विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुपमा काम गर्छन्।न्यूनतम आम्दानिबाट दुःखले कमाएको रकमले विहान बेलुका छाक टार्न समेत खवासको परिवारमा समस्या छ ।

सामाजीक कार्य तथा सानो भएपनि सहयोग हुन्छ भन्ने अभिप्रायले सोम्स कलेजमा अध्ययनरत छात्र,छात्रा तथा कलेज प्रशासनबाट ५ हजार नगद पिडितको घरैमा गएर दिएको कलेजका निर्देशक रोशन धिमिरेले बताए । उक्त रकम हस्तान्तरण गर्न कलेजमा अध्ययनरत विद्यार्थीहरु , क्याम्पस प्रमुखलगायत सञ्चालकहरु समेत पिडितको घरमा पुगेर मनोवल उच्च राख्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर