लागुऔषधसहित २ जना पक्राउ

खबर पूर्वाञ्चल, १ असार २०७७, सोमबार १२:३३

सुनसरी / सुनसरीको विभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ र बर्जु गाउँपालिका ३ बाट १र१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका ८ का शिवशंकर मेहेतालाई अबैध लागुऔषधहरु डाईलेक्स डिसि २१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ गरेको हो । यसैगरी बर्जु गाउँपालिकाबाट विराटनगर महानगरपालिका १६ का सन्तोष मण्डललाई अबैध लागुऔषध डाईलेक्स डिसि ५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५