पूर्वाञ्चल खबर
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले विराटनगरको कोशी अस्पतालको मेसुमा डा. रामनारायण चौधरीलाई नियुक्ती गरेकी हुन् ।
डा चौधरी सोही अस्पतालमा कार्यरत ११ औँ तहका प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (बालरोग विशेषज्ञ) हुन् । उनी २०७१ सालदेखि कोशी अस्पतालमा निरन्तर कार्यरत छन् । अस्पतालभित्रकै अनुभवी चिकित्सक भएकाले उनले संस्थाको प्रशासनिक र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसअघि कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सरुवा गरिएको छ । कोभिड–१९ को चुनौतीपूर्ण समयमा पनि डा. झाले सोही प्रयोगशालाको सफल नेतृत्व गरेकी थिइन् ।
विगतमा कोशी अस्पतालमा राजनीतिक परिवर्तनसँगै ६–६ महिनामै मेसु परिवर्तन हुने प्रवृत्ति देखिएको थियो । तर, यस पटक डा. झाले एक वर्षभन्दा बढी समय मेसुका रूपमा काम गर्ने अवसर पाइन् । उनको कार्यकालमा कोशी अस्पतालको भौतिक तथा सेवागत पक्षमा केही सकारात्मक सुधारका प्रयासहरू भएका थिए ।