AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले महाधिवेशन : मोरङ–५ बाट प्रतिनिधि सर्वसम्मत, को–को छानिए ?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०८२, शुक्रबार १६:००
522
Shares
विराटनगर / नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत हुने प्रतिनिधिहरुमा खुल्लामा ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, महिलामा उषा झा र शान्ता डंगोल, यूवामा मो. हमिद आजाद रहेका छन्।

सर्वसम्मत हुनेहरुमा बगडिया, डंगोल संस्थापन र राजवंशी, अग्रवाल, झा र आजाद संस्थापन इतर समूहका हुन् ।

अघि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । आपसी सहमतिका आधारमा उम्मेदवारी फिर्ता गराउँदै नेतृत्व सर्वसम्मत टुंग्याइएको हो ।

मोरङका अन्य क्षेत्रहरूमा भने सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन। क्षेत्र नं. १, २, ३, ६ तथा दलित कोटामा निर्धारित संख्याभन्दा बढी उम्मेदवार रहेकाले निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिने निर्वाचन समितिले जनाएको छ।

आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट कुल ४६ जना प्रतिनिधि चयन हुनेछन् । देशभरका प्रतिनिधिहरू शनिबार एकैदिन चयन गर्ने कार्यक्रम अनुसार निर्वाचन प्रक्रिया अघि बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर