AArya
animated ellipse animated ellipse

एभरेष्ट एजुकेशन फाउन्डेसन थप विस्तारित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७७, मंगलवार १८:५२
1.5k
Shares
विराटनगर / प्रदेश १ कै गुणस्तरीय शिक्षण संस्थाको रुपमा स्थापित विराटनगर ५ मा रहेको एभरेष्ट एजुकेशन फाउन्डेसनले आफ्नो भौतिक तथा शैक्षिक क्षमता थप विस्तार गरेको छ ।

पिजी टु पिजीको (प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएट ) को शिक्षण संस्था बनाउने अभियानमा जुटेको फाउन्डेसनले बिभिन्न चार बिषयको अध्यापन गराउन विराटनगरमा स्थापित एम्स कलेज खरिद गरेको छ । त्रिभुवन विश्वविद्यालयका बिएससी सिएसआईटी, विविएस, विएचएम र विएका कोर्ष पढाइ हुने कलेजलाई फाउन्डेसनले आफ्नो स्वामित्वमा लिएको हो । हाल ४ सय ५० विद्यार्थी अध्ययनरत यस कलेजको क्षमता पनि क्रमश : विस्तार गरिने फाउन्डेसनका प्रबन्ध निर्देशक तथा स्कूल कलेजका प्राचार्य टीकाराम पुरीले बताए । हामी प्रदेश १ को राजधानी विराटनगरमा रहेर विश्वस्तरीय जनशक्ती उत्पादन गर्ने उद्देश्यका साथ हामी अगिबढिरहेका छौं, प्राचार्य पुरीले भने यसका लागि हामी सवै तह र बिषयलाई बिश्वस्तरीय बनाउने छौं ।

यस अघि फाउन्डेसन अन्तर्गत विराटनगर ५ मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कूल र एभरेष्ट कलेजका तीन वटा सुबिधा सम्पन्न भौतिक संरचना सहितका शिक्षण संस्था संचालनमा छन् भने सुनसरीको ईटहरी उपमहानगरपालिकामा पाथीभरा सेकेण्डरी स्कूल संचालनमा छ ।

स्वीमिङ पुल, भलिबल, फूटबल, बास्केटबल, टेबलटेनिसलगायतका छुट्टाछुट्टै खेलमैदान सहित पर्याप्त भौतिक संरचना रहेको एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक भवनमा अध्यापन गराउदै आएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) का केन्द्रीय अध्यक्ष समेत रहेका फाउन्डेसनका प्रबन्ध निर्देशक पुरीले एभरेष्टका सवै शिक्षणसंस्थालाई उच्च प्रबिधियुक्त बनाइएको बताए । उनले भर्खरै स्वामित्वमा लिएको कलेजको भौतिक संरचनाको स्तरोन्नति गरिने समेत बताए । हरेक कक्षा कोठालाई वातानुकुलितसहित सुविधा सम्पन्न बनाई शैक्षिक गुणस्तरलाई समेत अन्तर्राष्ट्रियस्तरको बनाईने उनको भनाई छ ।

शैक्षिक गुणस्तरमा अब्बलता प्रमाणित गरेको एभरेष्टले हरेक विद्यार्थीलाई चौतर्फी क्षमताको विकास गर्न कुनै कसर नछाड्ने उद्देश्य लिएको छ ।
कोरोना भाईरसका कारण सिङ्गो मुलुक बन्दाबन्दीमा रहँदा स्कूल कलेजको अध्यापन भर्चुअल माध्यमबाट पनि प्रभावकारी रुपमा संचालन गर्दै आएको छ ।

हाम्रा अधिकांश विद्यार्थी भर्चुअल कक्षामा सहभागी रहेको फाउन्डेसनका प्रबन्ध निर्देशक तथा स्कूल कलेजका प्राचार्य पुरी बताए । कारण उनीहरूलाई प्रबिधी मैत्री बनाइएकै ले सम्भव भएको हो । फाउन्डेसन अन्तर्गत संचालित शिक्षण संस्थाहरूमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन । प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्यापन गर्दै आएको एभरेष्टले चाँडै स्नातकोत्तर तह पनि शुरु गर्ने तयारी गरेको छ । स्नातकोत्तर को सम्बन्धन पनि चाँडै आउने जानकारी दिँदै प्राचार्य पुरी भभने, हाम्रो उदेश्य पिजी टु पिजी हो, जुन चाँडै पूरा हुनेमा हामी विश्वस्त छौ ।  त्यसपछी गुणस्तरीय शिक्षाको लागि प्रदेश र आसपासका विद्यार्थीले अन्यत्र जानूपर्ने बाध्यता हट्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर