AArya
animated ellipse animated ellipse

ब्याक बेञ्चर’ सफल बन्दैनन् : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०८१, सोमबार ०६:०२
189
Shares
फाइल तस्वीर
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झुक्किएर नेतृत्वमा पुगेका ‘ब्याकबेन्चर’हरुले सफल नेता बन्न नसक्ने बताएको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

सुनसरीको इटहरीमा आइतबार इटहरी जेसिजले आयोजना गरेको भोलिको नेतृत्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजनीतिज्ञहरुको लागि अध्ययन आवश्यक हुनेमा जोड दिए ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले कहिलेकाँहि व्याक बेञ्चरहरु झुक्किएर उछिट्टिएर नेतृत्वमा पुगेको भएपनि नेतृत्व गर्न नजान्ने भएकोले चलाउन नसकेको टिप्पणी गरे । ‘त्यही कारण मुलुकको नेतृत्व गर्छु भन्ने राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ, नकारात्मक भावना राख्नु हुँदैन ।’

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पदमा रहँदा एक कार्यक्रममा आफू स्कूलमा ब्याकबेञ्चर भएपनि मुख्यमन्त्री भएको भन्दै फस्ट बेञ्चमा बस्नेहरु खरदार बनेर घुस खाइरहेको टिप्पणी गरेका थिए । त्यसबेला उनको भनाईप्रति कर्मचारी संगठनहरुले आपत्ती जनाएका थिए । उनै केदार कार्कीपछि मुख्यमन्त्री भएका हिक्मतले केदारको उक्त बनाइबारे कडा टिप्पणी गरेका हुन् ।

सफल नेता बन्न सबैभन्दा पहिले आफूले आफूलाई चिन्न जरुरी रहेको भन्दै मुख्यमन्त्री कार्कीले आफूलाई बुझ्दै समाज र राष्ट्रप्रतिको दायित्व बुझ्न सक्ने व्यक्ति मात्र सफल हुने बताए । नेताबारे आम जनतामा एउटा नकारात्मक भाष्य निर्माण भएको भन्दै उनले सबै नेताहरु पढेका हुँदैनन्, भ्रष्ट हुन्छन्, व्यभिचारी हुन्छन् भन्ने भाष्य चिर्न नेताहरु नै सक्षम हुनुपर्नेमा जोड दिए । सबैलाई एउटै डालोमा हालेर सबै नेता खराब भन्न नमिल्ने उनको भनाइ छ ।

नेतृत्वमा रहनेहरु आर्थिक लाभ र लोभबाट टाढा बस्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले त्यसबाट बच्न नसक्दा छवि बिग्रिँदै जाने र जनताबाट अविश्वास हुने बताए । आफ्नो बारेमा सबै अध्ययन गर्न आग्रह गर्दै उनले आफ्नो आर्थिक अनुशासन, चरित्र र अध्ययनबारे अध्ययन गर्नुपर्ने बताए । समाजमा नकरात्मक भावनाको व्यापकता रहेको भन्दै उनले समाजमा ९५ प्रतिशत हाराहारी मान्छे असल रहेकोले ५ प्रतिशत गलत रहेको आधारमा सबैलाई खराब भन्न नमिल्ने बताए ।

नेपालको संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गर्दै उनले संघीयता अघि २० वर्षमा नभएको विकास बितेको ६ वर्षमा भएको दाबी गरे । कार्कीले भने, ‘त्यही कारण संघीयतालाई घाँडो मान्न हुन्न, अवसर ठान्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर