AArya
RUMPUM
animated ellipse animated ellipse

सिरहामा भएको झडपमा १५ वर्षीय यादवको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०८३, बिहीबार १६:३४
27
Shares
सिरहा / सिरहाको गोलबजारमा आज भएको झडपका क्रममा गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

सिरहाको औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको भन्ने खबर आएको छ बरालले बताए।

घटनापछि सिरहाका विभिन्न संवेदनशील क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भए पनि क्षेत्र तनावग्रस्त रहेको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर