AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा विराटनगरमा प्रभातफेरि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०८२, शुक्रबार १९:५७
45
Shares

विराटनगर / राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरि निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा संघीय शहरी तथा भवन निर्माण विभागसहित विभिन्न सरकारी कार्यालयको सहभागिता रहेको थियो।

‘सबै तहका सरकार तयार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नारासहित जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरि गोल्छा चोक, जलजल चोक र हस्पिटल चोक हुँदै पुनः जिल्ला प्रशासन कार्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो।

वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ। दिवसको उद्देश्य भूकम्पीय जोखिमबारे जनचेतना अभिवृद्धि गर्नु र सुरक्षित पूर्वतयारीलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर