पूर्वाञ्चल खबर
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ मा पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २ सइ मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गतको महेन्द्र राजमार्ग आसपासको क्षेत्रसहित जिल्लाका अधिकांश स्थानीय तहमा कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु लागू हुने क्षेत्रहरूमा इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका रहेका छन् । प्रशासनले सुरक्षा निकायलाई कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
साथै, स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न र सुरक्षा निकायले दिएका निर्देशन पालना गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ ।
सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले मंगलबार राति ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन् । हालै सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि सम्भावित अप्रिय गतिविधि रोक्न, शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव कायम राख्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ । प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ मा पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गतको महेन्द्र राजमार्ग आसपासको क्षेत्रसहित जिल्लाका अधिकांश स्थानीय तहमा कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु लागू हुने क्षेत्रहरूमा इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका रहेका छन् । प्रशासनले सुरक्षा निकायलाई कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
साथै, स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न र सुरक्षा निकायले दिएका निर्देशन पालना गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ ।
अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु सम्बन्धी थप निर्णय सार्वजनिक गरिने प्रशासनको भनाइ छ । हाल सुनसरीको सुरक्षा अवस्थालाई सामान्य बनाउन सुरक्षा संयन्त्र परिचालन गरिएको छ । यद्यपि, देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण झडप भइरहेको छ