डुबान समस्या समाधानका लागि मेयर कोइरालाद्वारा भारतीय पक्षको ध्यानाकर्षण

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७९, मंगलवार २१:१२
414
Shares

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।

भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका हुन् । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रहसमेत गरे । “आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी ब्लक हुने गरेको छ,” कोइरालाले भने, “पानीको सहज निकासका लागि प्राविधिक रुपमा के गर्न सकिन्छ तपाईंहरूले गरिदिनु प¥यो ।”

आइसीपीको पर्खालका कारण पानीको निकास रोकिँदा विराटनगर १८ डुबानमा पर्ने गरेको मेयर कोइरालाले बताए । कोइरालाले वर्षाको समयमा पानीको सहज निकासका लागि तत्कालै उपाय खोजी गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै भारतीय पक्षले आइसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माणमा सहजीकरण गरिदिन मेयर कोइरालालाई आग्रह गरेको थियो । दूतावासका फष्ट सेक्रेटरी बंसालले ओभरहेड ब्रिज र छेउछाउका टहराका कारण रेलमार्ग निर्माणले गति लिन नसकेको बताए । उनले रेलमार्गमा पर्ने ओभरहेड ब्रिजबाट सर्वसाधारणको आवतजावतमा रोक लगाउन र छेउछाउका टहरा हटाइदिन आग्रह गरेका थिए । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग निर्माण भइरहेको छ ।

भारततर्फ निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने मुआब्जा विवाद र रेलमार्गमा पर्ने भौतिक संरचना नहटाउँदा निर्माण हुन सकेको छैन । आइसीपीबाट नेपालतर्फ करिब एक किलोमिटर मात्रै रेलमार्ग निर्माण भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । हालसम्म रेलमार्गको ८२ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५