शैलजा आचार्यको १३ औं स्मृर्ति दिवसमा विद्यार्थी पुरस्कृत

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७९, आईतवार १९:११
153
Shares
विराटनगर / कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले एक समारोहको आयोजना गरी शैलजा आचार्यको १३ औं स्मृर्ति दिवस मनाएको छ ।

पोलिटेक्निक स्थापना गर्ने संस्थापक तथा कांग्रेस नेतृ कोइरालालाई प्रत्येक वर्ष स्मरण गर्ने गरिन्छ । विराटनगरमा आज आयोजित कार्यक्रममा प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानले प्रत्येक वर्ष प्रदान गर्ने २५ हजार र पोलिटेक्निकले आचार्यको स्मृर्तिमा बनाएको छात्रवृतीकोषवाट १३ जना विद्यार्थीलाई ५ ५ हजारका दरले पुरस्कार वितरण गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यले राजनैतिक ,सामाजिक क्षेत्रमा दिनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की ,प्रदेशसभा सदस्य शान्ता पौडेल, नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष राजेश गुप्ता, गुठि सञ्चालक पदाधिकारी तथा सदस्यहरु मोहनलाल महत्तो ,विकास पराजुली,जवारलाल मण्डल,पोलिटेक्निका प्रिन्सिपल सन्त अधिकारी लगायतले शैलजा आचार्यले पुर्याउनु भएको योगदानको स्मरण तथा चर्चा गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५