पूर्वाञ्चल खबर
माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।
प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी समेत गरेका छन् । उनले शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेपछि आफू पुनः रुकुमपूर्वका जनता माझ आएको बताए