खबर पूर्वाञ्चल
महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुनपसिनाले आर्जन गरेको कमाई हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिए । उनले हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन गरिरहेको प्रस्ट पारे । ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं,’ मेयर कोइरालाले भने, ‘जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा मोजमस्ती गर्न कसैलाई छुट छैन ।’ मेयर कोइरालाले केही सहकारीका कारण राम्रा सहकारीको पनि बद्नाम भइरहेको उल्लेख गरे । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।
कोइरालाले लेखा तालिमले सहकारीको हिसाबकिताब चुस्तदुरुस्त राख्न सहयोग पुग्ने विचरा व्यक्त गरे । रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको मेयर कोइरालाले बताए ।
जेठ १ गतेबाट सञ्चालित पाँचदिने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिए । महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूको क्षमता विकासमा सहकारी लेखा तथा पल्र्स तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गरे ।
कार्यक्रममा मेयर कोइरालाले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा प्रशिक्षक रामचन्द्र गौतमले कतिपय सहकारीहरू महानगरले बनाएको नियमभन्दा बाहिर गएर सञ्चालन भइरहेको बताए । उनले त्यस्ता सहकारीलाई महानगरले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख गरे । यसरी जरिवाना गर्दा सहकारी खातामा खर्च नलेखी अध्यक्ष र सचिवले तिर्नुपर्ने व्यवस्था रहेको गौतमले सुनाए । सो अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट पेशलकुमार ढुंगेल र रीता गर्तौलाले तालिम निकै नै उपलब्धिमूलक भएको बताइन् ।
तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखाकी रोजी कार्कीले बताइन् । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।
तपाईको प्रतिक्रिया