मध्यरातमा विद्युत आपूर्तिमा अवरोध हुँदा कोशी कोभिडमा ६ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १५:०१

विराटनगर/मध्यरातमा विद्युत आपूर्तिमा अवरोध विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ४ पुरुष र २ महिला गरि ६ जना संक्रमतिको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हावाहुरी र भारी बर्षाका कारण बिहीबार बेलुका विधुत अवरुद्ध भएपछि अस्पतालका उपकरणहरु नचलेर संक्रमित बिरामीको मृत्यु भएको हो । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको श्रोतको दाबी छ । तर अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेर मुटुले समेत काम गर्न छोडेपछि उनीहरुको मृत्यु भएकोे जनाएको छ । जसमा बिहीबार बेलुका १ जना, राती करिब १२ बजे २ जना र शुक्रबार बिहान ३ जनाको मृत्यु भएको हो ।

हावाहुरी र वर्षाका कारण अस्पतालको विद्युत काटिएर उपकरणहरु नचल्दा संक्रमितहरूले उपचार नपाएर मृत्यु भएको मृतकका आफन्तका आरोप छ । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको मृतकका आफन्तको भनाई छ ।

बिहीबार राती ११ः३५ मा विराटनगर–५ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सोही राती १२ः०५ मा विराटनगर १ की ५९ बर्षीया महिला र १२ः१५ मा दमक–८ की ५८ बर्षीया महिलाको मृत्यु भएको अस्पतालको सुचना अधिकृत अनुपम राजवंशीले जानकारी दिए । शुक्रबार बिहान सिराहाको मिर्चैया–१ का आएका २७ बर्षीय पुरुष, सप्तरीको ६० बर्षीय पुरुष र भारदह–३ का ५० बर्षीय पुरुष गरि ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी राजवंशीले संक्रमितको उपचारको क्रममा श्वासप्रश्वासको जटिल समस्याका भएको काराणले मृत्यु भएको बताए । उनका अनुसार कोभिड–१९ उपचार केन्द्रमा ८७ जना सक्रिय संक्रमितहरुको उपचार भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५