animated ellipse animated ellipse

नेपाली सेना –रक्षा सम्वाददाता अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०८०, बिहीबार ०८:१०
171
Shares
इटहरी / नेपाली सेना पूर्वी पृतना हेड क्वाटर इटहरी सुनसरीद्वारा आयोजित रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम आज इटहरीमा सम्पन्न भएको छ ।

कोशी प्रदेशका १४ जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत चार महिला सहित २० जनाको सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा नेपाली सेनाको दर्जा, काम , कर्तव्य, विपद व्यवस्थापनमा पु¥याएको योगदान , सुरक्षा, राष्ट्रिय गौरवको आयोजना सड क निर्माण, वातावरण संरक्षण, राष्ट्रिय निकुन्ज, वन्यजन्त आरक्ष, विपद व्यवस्थापन, कानून, सैनिक अदालत, सूचना प्रविधि लगायतका विषयमा स्थलगत एवं सैद्धान्तिक रुपमा जानकारी दिएको थियो ।

समापनका अवसरमा सहभागीहरुहरुलाई प्रमाणपत्र वितरण गर्दै पूर्वी पृतनाका प्रमुख उपरथी डा. आशबहादुर तामाङले अभिमुखीकरणले नेपाली सेना र पत्रकार वीच सम्वन्ध प्रगाण वढाउनुका साथै राष्ट्र, राष्ट्रिय एकतालाई लाई वलियो बनाई सुरक्षा संवेदननशिलतामा सहयोग पुग्ने विश्वास व्यक्त्त गरे ।

यस अघि कोशी टप्पु बन्यजन्तु आरक्षाका सह सेनानी केशव खडकाले प्रकृति सुरक्षा नेपाली सेनाको भूमिका,सेनानी गिरिजाप्रसाद भट्टले सैनिक प्रहरी गण,सेनानी शिवरामक सापकोटाले सैनिक न्याय प्रणाली, राष्ट्र विकासमा नेपाली सेना, सेनानी राजेश कुमार देवले नेपाली सेनाद्वरा संचालित विकास निर्माणका गतिविधिहरु, र सेनानी रविन कार्कीले नेपाली सेनामा डिजिलाइलेशनको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर