उपप्रमुख कार्कीद्वारा वडा र शिक्षा महाशाखाको अनुगमन

खबर पूर्वाञ्चल, २ भाद्र २०७९, बिहीबार १८:५५
270
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले आज वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरिन् । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गरिन् । सो क्रममा कतिपय कर्मचारी एकैठाउँमा जम्मा भएर गफ गरिरहेको भेटिएको थियो । यस्तै कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । वडास्तरदेखि नै छिटोछरितो काम भएमा जनगुनासो आउने क्रममा कमी आउने उनको भनाइ थियो ।

“वडास्तरदेखि नै जनताका काम सहज रुपमा हुनुपर्छ,” उनले भनिन्, “त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौं ।” उनले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशनसमेत दिइन् । यस्तै उपप्रमुख कार्कीले आजै नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गरिन् । उपप्रमुख कार्कीले तीवटै कार्यालयको हाजिरी पुस्तिकासमेत चेक गरिन् ।

केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५