माटोमुनि गाडेको १५ केजी गाँजा मोरङबाट बरामद

खबर पूर्वाञ्चल, ४ कार्तिक २०७९, शुक्रबार १६:०७
585
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिका २ भाथीगंछबाट माटोमुनि लुकाएको १५ केजी गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यलय रानी विराटनगरले विशेष सुराकीको आधारमा आज गाँजा बासको झ्याङबाट बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको गाजा ईप्रका रानीबाट खटीएको टोलीले उक्त बास झ्याङको एक मिटर गहिरो खाडल खनेर गाडेको अवस्थामा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

बरामद गरेको गाजा ईप्रका रानीबाट ८ किलोमिटर पूर्व उत्तर पर्दछ । बरामद गरेको गाजा भारत तस्करी गरि लैजाने तयारी गरिएको थियो । पहाडी जिल्लाबाट आएको गाजा सिमावर्ति क्षेत्र हुँदै गाजा तस्करी हुने गरेको छ । प्रहरीले बरामद गरेको गाजा कसले राखेको त्यो खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५