AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रास्वपाबाट तीन जना नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्चमा रिट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०८२, बुधबार ०८:३७
99
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ, सिन्धुलीको क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की र पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध मंगलबार सर्वोच्चमा रिट दर्ता भएको हो । तामाङविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार अम्बरबहादुर रायमाझी र कार्कीविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदीपकुमार कटुवालले रिट दायर गरेका हुन् ।

उनीहरुले युवराज पौडेल सफललाई वारेस दिएर रिट दर्ता गराएका हुन् । पन्तविरुद्ध पनि उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदीप यादवले रिट हालेका छन् । सुरेन्द्र चौधरीलाई वारेस दिएर यादवले रिट दायर गरेका छन् ।

नवनिर्वाचित तीनै जना सांसदविरुद्ध रिट दर्ता भइसकेको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले बताए । उनका अनुसार सुनुवाइका लागि चैत २५ गतेलाई पेसी तोकिएको छ ।

रास्वपाबाट निर्वाचित तीनै जना नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई भ्रममा राखेर उम्मेदवार बनेको दाबी रिट निवेदनमा गरिएको छ । रिटमार्फत कार्की, तामाङ र पन्तलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने तथा निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्नुपर्ने माग गरिएको छ ।

उनीहरुविरुद्ध रिट दायर गर्ने सबै निकटतम प्रतिद्वन्द्वी हुन् । उनीहरुका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर