RUMPUM
animated ellipse animated ellipse

कोरोनाको कारण प्रदेश १ मा दुई जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०७७, शुक्रबार ११:०६
828
Shares
विराटनगर / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । यो सँगै प्रदेश १ मा कोरोनाका कारण २७ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ का २० र प्रदेश २ का सात जना रहेका छन् ।

मृत्यु हुनेमा झापाका एक वृद्ध पुरुष र मोरङकी एक महिला रहेका छन् । उपचारका क्रममा झापाको दमक नगपारपालिका–३ का ८३ वर्षीय वृद्धको शुक्रबार बिहान ३ः४५ बजेतिर मृत्यु भएको हो । खोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने लगायतका समस्या भएसँगै झापाको बी एण्ड सी अस्पतालले रेफर गरेपछि उनलाई भदौ ३ गते उपचारका लागि बीपी प्रतिष्ठान लगिएको थियो ।

त्यही दिन उनलाई संक्रमण पुष्टि भएको थियो । वृद्धमा मृर्गौला, उच्च रक्तचाप, मधुुमेश, अल्प रक्त कोशीकाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।

त्यस्तै कोरोना संक्रमित मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको पनि उपचारकै क्रममा प्रतिष्ठानमा बिहान ३ः१५ बजेतिर मृत्यु भएको छ । महिलालाई कोशी अस्पताल विराटनगरले रेफर गरेपछि थप उपचारका लागि भदौ ९ गते प्रतिष्ठान लगिएको थियो ।

अन्त्याधिक ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएकी महिलामा त्यही दिन कोरोना पुष्टि भएको थियो । परिवारसँग सम्पर्क नभएका कारण मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन हुन बाँकी रहेको डा। सापकोटाले बताए ।

दुवै जना मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमै बिहीबार बेलुका कोरोना संक्रमित सिरहाका एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर